काठमाडौँ: नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिनाको अतिरिक्त बोनस पाउनेछन्।
यो अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ। जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्ने विश्वास कम्पनीको छ।
अफर नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू हुनेछ। नयाँ वर्षका लागि सीमित समयका लागि अतिरिक्त २ महिनाको अफर ल्याइएकोमा यो २०० देखि १००० एमबीपीएससम्मका प्याकेजहरू उपलब्ध हुने कम्पनीको भनाइ छ।


