काठमाडौं। छिमेकी भारतले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुले दिने गहुँको कोटा बढाएको छ। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक मुलुक हो।
भारत सरकारले थप २५ लाख मेट्रिक टन गहुँ निर्यातलाई अनुमोदन गरेको छ। योसमेत गरी कुल निर्यात कोटा ५० लाख टन पुगेको छ।भारतले नेपाललगायत बंगलादेश, श्रीलंका, अफगानिस्तान, यमन र इन्डोनेसियामा गहुँ निर्यात गर्छ।
दक्षिण एसियाली मुलुकहरुलाई भारतले गत फेब्रुअरीमा २५ लाख टनको निर्यातलाई अनुमोदन गरेको थियो। यस्तै गहुँको पीठो निर्यात बढाएर १० लाख टन पुर्याएको थियो। भारत सरकारको पछिल्लो निर्णयले बजार गहुँको आपूर्ति बढाउने र स्टक व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
नयाँ सिजन बालीबाट गहुँको आपूर्ति सुरु भएको छ। मूल्यहरू सरकारले तोकेको तल्लो तह नजिक रहेको छ। सरकारले यस वर्षको गहुँ उत्पादन १२ करोड २० लाख टन हुने प्रक्षेपण गरेको छ। रोलर फ्लोर मिलर्स फेडरेशन अफ इन्डियाले ११ करोड ५० लाख टन उत्पादन हुने अनुमान गरेको छ।
सरकारको निर्णय प्रति असन्तुष्ठि जनाउँदै नयाँ दिल्लीका एक व्यापारीले भने “व्यापारीहरू पहिलेको विनियोजनअन्तर्गत गहुँ निर्यात गर्न संघर्ष गरिरहेका छन्। पूरै सिजनमा २५ लाख टन पनि निर्यात गर्ने सम्भावना छैन। यस परिदृश्यमा, थप कोटाको कुनै अर्थ छैन” (द इकोनोमिक टाइम्सको सहयोगमा।)


