काठमाडौँः आज बिहिबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ।


