काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’ लाई सम्मान गर्दै थापाथलीस्थित केन्द्रीय कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित रुकेश रञ्जित तथा समानुपातिकतर्फकी सांसद प्रमिला कुलुजुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
करिब ६० जना अभिकर्ता, कर्मचारी र व्यवस्थापन टोलीको सहभागिता रहेको कार्यक्रममा सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमिला कुलुजुले सिटिजन लाइफसँगको अनुभवले नेतृत्व विकास र व्यक्तित्व निर्माणमा सहयोग पुगेको बताइन्। रुकेश रञ्जितले बीमा क्षेत्रका चुनौती र कर प्रणालीसम्बन्धी विषय संसदमा उठाउने प्रतिबद्धता जनाए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नव–निर्वाचित सांसदहरूको योगदानले बीमा क्षेत्रमा नीतिगत सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।


