काठमाडौँः साताको चौथो कारोबार दिन (बिहीबार) आज सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक १७.०१ अंकले घटेर २ हजार ७८७ को विन्दुमा झरेको हो।
आज १ करोड १३ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्रि हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ। आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ कम्पनीको सेयर मूल्य घटेको छ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले गुमाएका हुन्।
यसदिन सबैभन्दा धेरै सेयर कारोबार हुँने कम्पनीमा रिलायन्स स्पीनिङ मिल्स रहेको छ। आज यस कम्पनीको मात्र ३० करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।


