काठमाडौँः नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन्। वि.सं. २०५६ मा बोर्डको सेवामा प्रवेश गरेका अधिकारीले ५८ वर्ष उमेर पूरा गरेपछि सेवा अवधि समाप्त गरेका हुन्।
उनको योगदानको सम्मानमा बिहीबार ललितपुर स्थित बोर्डको कार्यालयमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोर्डका उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बिदाई समारोहमा सहभागीहरूले अधिकारीले दीर्घकालीन रूपमा पूँजी बजार विकास, नियमन प्रणाली सुदृढीकरण तथा संस्थागत क्षमता अभिवृद्धिमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा वक्ताहरूले उनको अनुभव, नेतृत्व क्षमता र समर्पणले बोर्डलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। डा. अधिकारीले आफ्नो कार्यकालमा पूँजी बजारलाई पारदर्शी र व्यवस्थित बनाउन विभिन्न पहलहरू अघि बढाएका थिए।


