काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार ५ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।


