२०८३ कार्तिक २३ गते आईतबार

कर्णालीका दर्जनौँ पुल र सडक स्तरोन्नतीका आयोजना अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ११
photo-1_21999eca

सुर्खेत: कर्णालीका दर्जनौँ पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन्। निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका हुन्। कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरका विभिन्न स्थानका पुल निर्माणको काम अलपत्र अवस्थामा छन्।

कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण गर्ने नौ स्थानमा पुल निर्माणको काम रोकिएको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस मोटरेबल पुलपनि निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। ५५ मिटर र चौडाइ १० मिटरको उक्त पुल निर्माणका लागि २०८० साल असोज ६ गते म्याद थप गरिएको भए पनि हालसम्म ५० प्रतिशत मात्र काम भएको छ। उक्त पुलको ११ करोड ८३ लाख ९४ हजार ५०८.५२ लागत स्टेमेट गरिएको छ।

कर्णाली कोरिडोरअन्तर्गत विभिन्न नदी तथा खोलामा निर्माण हुनुपर्ने नौ वटा पक्की पुलको काम अझै अगाडि बढ्न नसकेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए।

करिडोर अन्तर्गत विभिन्न स्थानमा पुल निर्माणका लागि २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत ठेक्का भएको भए पनि लागेका थिए। तर यी पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसक्दा निर्माणले गति लिन नसकेको उनले बताए।

०७९ असार ३० मा सम्झौता गरी २०८२ असोज ३० सम्म सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म डिजाइन स्वीकृतिको काममै समय खर्च भएको छ। १८ करोड २८ लाख २८ हजार रूपैयाँको लागतमा बन्ने यी पुलको डिजाइन स्वीकृत भएको र अब निर्माणको बाटो खुलेको कार्यालयले जनाएको छ। बाजुरा र हुम्ला खण्डका ६ वटा पुलको जिम्मा लुम्बिनी सिंह जेभीले ४५ करोड ३१ लाख ५७ हजार रूपैयाँमा लिएको छ।

उक्त जेभीले जिम्मा लिएका जुड्डी, बुड्डीघाट, गल्फागाड र सर्केगाड (न्यासी) खोलाका पुलको डिजाइन स्वीकृत भइसकेको छ भने कबाडी र अर्को गल्फागाडखोलाको डिजाइन अझै स्वीकृत भएको छैन। ‘स्वीकृत भएकामध्ये पनि जुड्डीखोलाको पुलमा मात्र काम सुरु भएको छ,’ आयोजना प्रमुख नेपालीले भने, ‘यो जेभीसँग २०७९ असार २८ मा सम्झौता भएको थियो।

२०८२ पुस २९ सम्ममा सबै पुल सम्पन्न गर्नुपर्ने म्याद पनि सकिएको छ।’ जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा ठेक्का लगाउँदा डिजाइन स्वीकृत गराउनमै धेरै समय खर्च हुने गरेको बताए। नाग्म–गमगढी सडकअन्तर्गत जुम्लाको सिँजास्थित रोकायावाडा खोलामा निर्माण गरिएको पक्की पुल मुआब्जा विवादका कारण अझै सञ्चालनमा आउन सकेको छैन।

२०७८ साल फागुन ९ गते ठेक्का आह्वान भई निर्माण थालेका १० वटा पक्की पुलमध्ये चारवटा पुल अलपत्र छन्। नाग्म गमगडी सडकको बालुखोलास्थित २५ मिटर लामो कालिकाखेतु पक्की पुल अलपत्र छ। जुम्लातर्फको भागमा पिल्लर निर्माण भएको वर्षौं बितेपनि कालिकोट क्षेत्रको जग्गा विवाद नमिल्दा निर्माण अलपत्र छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा निर्माण हुने २५ मिटर लामो पुल पनि जग्गा विवादले अघि बढ्न सकेको छैन।

कनकासुन्दरीको केन्द्र गुठिज्युला बजारको खोलामा पनि जग्गा विवाद उत्पन्न हुँदा पुल निर्माण हुन सकेको छैन। उक्त खोलाको २० मिटर पक्की पुल जग्गा विवादले अलपत्र बनेको छ। मुगुको गमगडी खोलामा निर्माण भइरहेको ४० मिटर लामो पक्की पुल पनि जग्गा विवादले बन्न सकेन। मुगुको लुम्सामा पनि ४० मिटर लामो पुल बनाउन ठेक्का भए पनि जग्गा विवाद उत्पन्न हुँदा काम रोकिएको छ।

निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि कालिकोटको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण अलपत्र परेको छ। ठेक्का सम्झौता सकिएको एक बर्ष बिति सक्दा पनि पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन।

पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो। २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि निर्माण व्यवसायीको अटेरीले काम हुन नसकेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए। उक्त पुल निर्माणको म्याद आगामी २०८४ असार मसान्तसम्म म्याद थपिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का सम्झौता तोडेको जनाएको छ। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमनर सिंहका अनुसार सम्झौता अनुसार सडक निर्माणको काम नगरेका १० कम्पनीसंगको ठेक्का सम्झौता गत चैत ११मा नै तोडिएको बताए।

आर्थिक वर्ष २०७४/७५ देखि ठेक्का सम्झौता गरिएका १० वटा कम्पनीलाई ‘कालोसूची’ मा राख्न सिफारिस गरिएको उनले बताए। कालीकोटको दहीखोला मान्म–नाग्म–जुम्ला खण्डमा स्तरोन्नतिका कामहरू अलपत्र परेको सूचना अधिकारी सिंहले बताए। उनका अनुसार आव २०७९/८० मा कृष्ण निर्माण सेवाले जिम्मा लिएको खुल्लालेदेखि घोडेंगा खण्ड, अविनाश निर्माण सेवाले जिम्मा लिएको नाग्म–गमगडी खण्ड, विनाम्रा निर्माण सेवाले जिम्मा लिएको मुगु खण्ड र धुर्वा निर्माण सेवाले २०७८/७९ मा जिम्मा लिएको कुडारी–कालीकोट खण्डको ठेक्का तोडिएको हो।

सडक डिभिजन कार्यालयका अनुसार झण्डै १६ करोड रुपैयाँका कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडक खण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकका ठेक्का तोडिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए। उनका अनुसार गत वर्ष झण्डै २० करोड रुपैयाँको लागतमा आठवटा ठेक्कामा राजमार्ग स्तरोन्नतिका काम भइरहेको छ।

प्रकाशित: २०८३ बैशाख ११ गते शुक्रबार ११:३३
प्रतिक्रिया

थप समाचार

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना