काठमाडौं – जिम्बावेमामा आजबाट आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोछ सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नै नेपालले आयोजक टिम जिम्बावेको सामना गर्नेछ।
एकदिवसीय प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल आज जितको लक्ष्यका साथ प्रतियोगितामा भिड्न लागेको हो।
आज पौने १ बजे सुरु हुने खेल जिम्बाबेको हरारे क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नै जित निकालेर नेपाल सुपर सिक्समा पुग्न चहान्छ।
तर जित निकाल्न सहज भने हुनेछैन्। किनभने आज टेस्ट राष्ट्रविरुद्ध नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न लागेको हो।
यसअघि एकपटक ५० ओभरको खेल खेल्दा पनि नेपालले जित निकाल्न सकेको थिएन। तर त्यो खेल एकदिवसीय मान्यताप्राप्त भने थिएन।


