काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
आइतबार सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भएको थियाे।
यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।


