काठमाडौँः सालपा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आफ्नो नोक्सानी घटाउन सफल भएको छ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले पहिलो ९ महिनामा ३१ लाख ८९ हजार रुपैयाँ घाटा व्यहोरेको छ। जुन अघिल्लो वर्षको ३५ लाख ८४ हजार रुपैयाँको तुलनामा कम हो।
खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढ्दा बैंकको समग्र आम्दानीमा सुधार देखिएको छ। कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ।
त्यस्तै, बैंकको निष्क्रिय कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ। यससँगै बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।
यद्यपि, वितरणयोग्य नाफा अझै ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा कायम छ।
५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


