काठमाडौँः सोमबार (आज) सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।


