२०८३ कार्तिक २३ गते आईतबार

अरुण काबेलीलाई हकप्रद सेयर निष्कासन अनुमति, काबेली ‘ए’ आयोजना लगानी र ऋण तिर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १४
arun_kabeli

काठमाडौं। विद्युत नियमन आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अरुण काबेली पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृती दिएको छ। आयोगले १ः०५ अनुपातमा एक अर्ब ९४ करोड ७९ लाख ७१ हजार रुपैयाँबराबर हकप्रद सेयर निष्कासन गर्न अरुण काबेली पावरलाई पूर्वस्वीकृती प्रदान गरेको हो।

आयोगको वैशाख ३ मा बसेको ३०७ औं वैठकले एक अर्ब रुपैयाँ सञ्चालनमा रहेको २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना बनाउँदा लिएको ऋण तिर्न र बाँकी ९४ करोड ३७.६ मेगावाटको निर्माणाधीन काबेली ए आयोजनामा लगानी गर्न शर्तसहित स्वीकृति दिएको आयोगले जनाएको छ।

शर्तसहित हकप्रद सेयर निष्कासन गर्न पूर्वअनुमति दिएको आयोगका इन्जिनियर विशाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार, प्रवद्र्धक कम्पनी काबेली इनर्जी लिमिटेडमा लगानी गर्ने प्रयोजनमा प्रयोग गरी १५ दिनभित्र पुष्टि हुने कागजातसहित आयोगमा जानकारी गराउनुपर्ने भएको छ।

अरुण काबेली पावरले काबेली इनर्जीको ७१ प्रतिशत सेयर खरिद गरेको छ। अरुण काबेलीले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) बाट काबेली ए आयोजना खरिद गरेको हो।

बीपीसीबाट काबेली ‘ए’ आयोजना किन्दै अरुण काबेली पावर,सवा दुई अर्ब लगानी गर्नेे

काबेली ए आयोजना बीपीसीले स्थापना गरेको हो। पछिल्लो समय बीपीसी काबेली ए आयोजनाको सबै सेयर बेचेर बाहिरिन लागेको हो। बीपीसीको साधारणसभाले काबेली ए आयोजना र गुराँस इनर्जी लिमिटेडको स्वामित्वमा रहेको सबै सेयर अरुण काबेली पावरलाई बिक्री गरी कम्पनीबाट बाहिरिएको छ।

काबेली इनर्जीको चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको छ। बीपीसीको १९ लाख १४ हजार ६३५ कित्ता सेयर छ। त्यसैगरी, सहायक कम्पनी गुराँश इनर्जीको ५० लाख ८१ हजार १४७ कित्ता सेयर अरुण काबेली पावरले खरिद गरेको हो।

अरुण काबेली पावरले ७८ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) प्रतिबद्धताको ३६ प्रतिशत लगानी गरिसकेको छ। काबेली ए आयोजनाको अनुमानित कुल लागत सात अर्ब ५२ करोड रुपैयाँ छ। ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत स्वपुँजी (इक्विटी) मिश्रण गरिएको छ।

बीपीसीले हिमाल पावरको स्वामित्व किनेर काबेली इनर्जीको बेच्ने, नर्वेजियन कम्पनी नेपालबाट बाहिरिँदै

अरुण काबेली पावरले पहिले इक्विटी रकमको ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। पछि कम्पनीले आफ्नो इक्विटी प्रतिबद्धतालाई ७१ प्रतिशत पुर्याएको छ। इक्विटी थप भएपछि लगानी बढाएर दुई अर्ब १५ करोड रुपैयाँ पुरयाउने योजना बनाएको छ।

चालू आर्थिक वर्षको छ महिनामा अरुण काबेली पावरले १५ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ। यसबीचमा कम्पनीले बिजुली बेचेर ३८ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत आर्थिक वर्षमा अरुण काबेलीले बिजुली बेचेर ६३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्ष कम्पनीले १७ करोड रुपैयाँ खुदनाफा गरेको थियो।

 

प्रकाशित: २०८३ बैशाख १४ गते सोमबार १२:०७
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना