२०८३ साउन ११ गते सोमबार

बीपीसीबाट काबेली ‘ए’ आयोजना किन्दै अरुण काबेली पावर,सवा दुई अर्ब लगानी गर्नेे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
arun_kabeli

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अरुण काबेली पावर कम्पनी लिमिटेडले काबेली इनर्जी लिमिटेडको ७१ प्रतिशत शेयर खरिद गर्ने भएको छ। अरुण काबेलीले २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को स्वामित्वमा रहेको काबेली इनर्जीले ३७.६ मेगावाटको काबेली ए आयोजना बनाइरहेको छ।

काबेली ए आयोजना बीपीसीले स्थापना गरेको हो। पछिल्लो समय बीपीसी काबेली ए आयोजनाको सबै सेयर बेचेर बाहिरिन लागेको हो। बीपीसीको साधारणसभाले काबेली ए आयोजना र गुराँस इनर्जी लिमिटेडको स्वामित्वमा रहेको सबै सेयर अरुण काबेली पावरलाई बिक्री गरी कम्पनीबाट बाहिरिन लागेको छ।

यसैगरी काबेली इनर्जीमा रहेको कम्पनीको सबै शेयरहरु अरुण काबेली पावरलाई बिक्री गर्ने र सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान सभाले गरेको छ।

काबेली इनर्जीको चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको छ। काबेलीमा बीपीसीको १९ लाख १४ हजार ६३५ कित्ता शेयर छ। त्यसैगरी, सहायक कम्पनी गुराँश इनर्जीको ५० लाख ८१ हजार १४७ कित्ता शेयर रहेको बीपीसीले जनाएको छ। उक्त शेयरहरु अरुण काबेलीले खरिद गर्ने भएको हो।

हालसम्म बीपीसीले काबेली इनर्जीमा ४८ करोड रूपैयाँ शेयरबापत अग्रिम भुक्तानी गरेको छ। सो अग्रिम भुक्तानी वापतको रकम फिर्ता लिने गरी बीपीसीले काबेलीमा रहेको सबै शेयर अरुण काबेली पावरलाई बिक्री गर्ने भएको हो।

अरुण काबेली पावरले ७८ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) प्रतिबद्धताको ३६ प्रतिशत लगानी गरिसकेको छ।

आयोजनाको अनुमानित कुल लागत सात अर्ब ५२ करोड रुपैयाँ छ। ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत स्वपुँजी (इक्विटी) मिश्रण गरिएको छ।

अरुण काबेली पावरले पहिले इक्विटी रकमको ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। पछि कम्पनीले आफ्नो इक्विटी प्रतिबद्धतालाई ७१ प्रतिशत पुर्याएको छ। इक्विटी थप भएपछि लगानी बढाएर दुई अर्ब १५ करोड रुपैयाँ पुरयाउने योजना बनाएको छ।

थप इक्विटी प्रतिबद्धताको लागि कम्पनीले १ः०५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। परियोजनाको आवश्यकताअनुसार ब्यालेन्स इक्विटी क्रमशः थपिने भएको छ।

गत आर्थिक वर्षमा अरुण काबेलीले बिजुली बेचेर ६३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्ष कम्पनीले १७ करोड रुपैयाँ खुदनाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी तीन अर्ब ८९ करोड ५९ लाख रुपैयाँ छ।

अरुण काबेलीको प्रतिसेयर आम्दानी ४.३७ र नेटवर्थ ९९.७५ रुपैयाँ छ। कम्पनी सन् २०११ मा स्थापना भएको हो। आयोजनबाट सन् २०१९ देखि बिजुली उत्पादन थालेको हो। अरुण काबेली पावरले तीन अर्ब ४५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

प्रकाशित: २०८२ मङ्सिर २ गते मङ्गलबार ११:४२
प्रतिक्रिया

थप समाचार

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अद्यावधिक गर्नुपर्ने, नगरे के हुन्छ?

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले पनि सोही अवधिभित्र आफ्नो वालेट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।

आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्। बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष...

कच्चा तेलसँगै डलरको ग्राफ लाग्यो उकालो, महंगी बढाउँदै

काठमाडौं। विश्व बजारमा कच्चा तेलसँगै अमेरिकी डलरको मूल्य ग्राफ पुनः उकालो लागेको छ। पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएपछि तेल आपूर्तिमा अवरोध आउँदो ब्यारेलको १०० डलर माथि...

आगामी चार बजेटमार्फत  सरकारले चाहेको अर्थतन्त्रको आधार देखिन्छ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल...

पोखरा र भैरहवाका एयरपोर्ट सञ्चालन गर्न सरकारले लियो यस्तो नीति

काठमाडौँ: सरकारले निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा आउन नसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चनलनका लागि नयाँ नीति लिएको छ। बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना