काठमाडौँः सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ।
आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निर्णय कार्यान्वयन गर्दै सापकोटालाई कामु सीईओको जिम्मेवारी दिएको हो।
गत शुक्रबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नेप्सेमा फिर्ता बोलाउने निर्णय गरेको थियो।


