काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा बन्द भएको हो।
आज १ करोड ४० लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको सेयरमूल्य स्थिर छ।
आज सर्वाधिक कारोबार पाल्पा सिमेन्टको भएको छ। कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


