काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य बुधबार पनि घटेको छ। मंगलबार तोलामा ३ हजार रुपैयाँले सस्तिएको सुनको मूल्य आज पनि घटेको हो।
बुधबार पनि सुन तोलामा ३ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भैरहेको छ।


