काठमाडौँः सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे गोलाप्रथामार्फत सेयर वितरण गरेको हो।
कम्पनीले वैशाख ३ देखि ८ गतेसम्म कुल ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ खुला गरेको थियो। यस अवधिमा २७ लाख ६८ हजार ७ सय ४३ जनाबाट आवेदन परेकोमा २७ लाख ३० हजार ९ सय ८७ आवेदन मात्र योग्य ठहरिएका थिए।
माग अत्यधिक भएपछि गोलाप्रथाबाट ३ लाख ४७ हजार ४ सय ९० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरू सेयर पाउनबाट वञ्चित भएका छन्।


