काठमाडौँः बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले एकैदिन ठूलो परिमाणमा रकम प्रशोचन गर्ने भएको छ। वैशाख १७ (बिहीबार) मात्र केन्द्रीय बैंकले १ खर्ब २० अर्ब रुपैयाँ प्रणालीबाट तानेको हो।
मौद्रिक व्यवस्थापनअन्तर्गत ९७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाइएको राष्ट्र बैंकले जनाएको छ। यसअघि बुधबार पनि ४० अर्ब रुपैयाँ संकलन गरिएको थियो।
बोलकबोल प्रक्रियामार्फत ब्याजदर निर्धारण हुने र कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिइनेछ। संकलित रकमको साँवा र ब्याज साउन २० गते भुक्तानी गरिनेछ।
यस कदमले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ।


