काठमाडौँः शुक्रबार (आज) सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।


