२०८३ कार्तिक २१ गते शुक्रबार

फेरि चर्चामा तामाकोसी–३ अर्धजलासय आयोजना, बनाउन सक्लान भवन भट्टले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
tamakoshi_bhawan

काठमाडौं। तामाकोसी–३ अर्धजलाशय जलविद्युत आयोजनाको फेरि चर्चा सुरु भएको छ। एक दशकअघि नर्वेजियन कम्पनीले आयोजना वित्तीय रुपमा संभाव्य नभएको निश्कर्ष निकाल्दै उक्त आयोजनाबाट हात झिकेको थियो।

हाल गैरआवासिय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले आयोजनाको वातावरणाीय प्रभाव मूल्यांकन –इआईए) को काम अघि बढाएका छन्।

प्रस्तावित आयोजनाको जडित क्षमता ६५० मेगावाट छ। विकासकर्ता टीथ्री हाइड्रो कम्पनीले आयोजनाको इआईएका लागि क्षेत्र निर्धारण गरेको छ।

तामाकोसी–३ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पहिला तयार भएको थियो। ठूलो लगानी आवश्यक पर्ने र अर्धजलासय भएकाले डुबान क्षेत्र धेरै हुने भएकाले पनि आयोजना बन्ने अझै अनिश्चित छ। आयोजनाको लगानी खुलाइएको छैन्।

तामाकोशी ३ आयोजना दोलखा जिल्लामा रहेको छ। प्रस्तावित आयोजना अर्धजलाशय प्रकृतिको हुनेछ। जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको बीचमा नयाँपुल भन्दा करीब ३.५० किलोमिटर उत्तर तामाकोसी नदीमा ९६ मिटर उचाई र ३५० मिटर क्रेष्ट लम्बाईको बाँध निर्माणको प्रस्ताव गरिएको छ।

जसबाट १५.७ किलोमिटर लामो जलाशय बन्ने । जलाशयमा पानीको सतहको उचाई समूद्री सतहको न्यूनतम ८९० मिटर र उच्चतम ९४० मिटरको बीचमा रहने विकासकर्ता कम्पनी टीथ्री हाइड्रोले जनाएको छ।

आयोजनाको इन्टेकमा ५ वटा रोलर मेन गेट तथा ५ वटा स्लाइडिङ मेन्टिनेन्स गेट रहनेछन्। आयोजनामा कुल लम्बाई तीन हजार ४५ मिटरको ७ वटा अडिट टनेल हुनेछन्।

विद्युतगृहबाट निष्काशित पानी नहरबाट पुनः तामाकोसी नदीमै मिसाइने प्रस्ताव गरिएको छ। आयोजनाको डिजाइन डिस्चार्ज २४५ घन मिटर प्रति सेकेण्ड हुने कम्पनीले जानकारी दिएको छ।

आयोजनाको औसत ग्रस हेड ३१७.२७ मिटर र नेट हेड ३०४.५० मिटर हुनेछ। विद्युत गृहमा १६२.५ मेगावाट क्षमताको चार वटा टर्बाइन जडान हुनेछ।

चारवटा टर्वाइनबाट ६५० मेगावाट विद्युत उत्पादन हुने टीथ्रीले जनाएको छ। आयोजनाबाट वार्षिक दुई अर्ब ३२ करोड ८३ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।

आयोजनाबाट उत्पादन हुने बिजुली ०.९५ किलोमिटर लामो ४०० केभी विद्युत प्रसारण लाइनमार्फत न्यू खिम्ती सवस्टेशनमा जडान गरिनेछ।

आयोजनाबाट दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५, भीमेश्वर नगरपालिकाका वडा नम्बर २, गाउँपालिका ४ र ५, वैतेश्वर गाउँपालिकाको वडा नम्बर १, ६ र ७ शैलुङ गाउँपालिकाको वडा नम्वर ७, मेलुङ गाउँपालिकाको १, २, ४ र ७, गौरीशंकर गाउँपालिकाको वडा नम्बर २ र ३ तथा कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ३, ४, ७ र ८ प्रभावित हुने भएको छ।

आयोजनाको क्षमता घटाइयो

आयोजनाको क्षमता घटाएर ६५० मेगावाट बनाइएको छ। यसअघि नर्वेजियन कम्पनी एसएन पावरले ८८० मेगावाट बनाउन सकिने भनेको थियो।

डुबान क्षेत्र बढी हुने भन्दै पछि आयोजनाको क्षमता ६८० मेगावाट घटाएर २०० मेगावाट कायम गर्ने भनिएको थियो। तर, हाल ६५० मेगावाट कायम राखेर अध्ययन अघि बढाइएको छ।

एसएन पावरले गरेको अध्ययनले यो आयोजना ८८० मेगावाटमा बनाउन सकिने देखाएको थियो। सन् २०१२ देखि निर्माण सुरु गरेर २०१६ मा २२० मेगावाट र अर्को एक बर्षभित्र पुरै बिजुली उत्पादन गरिसक्ने उसको योजना थियो।

नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउने वातावरण बनाउन भन्दै आयोजनालाई ६५० मेगावाटमा झार्न लगाइएको थियो। एसएन पावरले सोहीअनुसार सर्भे पनि गरेको थियो।

त्यसबेला बिजुली बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्ने बेला २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट बाहिरियो। त्यसको दुई वर्षपछि ऊर्जा मन्त्रालयले २०७४ असोजमा टीबीआई होल्डिङ्सलाई आयोजना दिइयो।

टीबीआई होल्डिङ्सले पनि आयोजना बनाउन दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानी सम्झौता गरेको थियो। त्यसबेला आयोजना २०० मेगावाटमा बनाउने गरी समझदारी भएको थियो।

त्यसबेला चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट डिजाइन एन्ड रिचर्स इन्टिच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर (जेभी) डेभलपमेन्ट फ्रेमवर्क’मा सम्झौता गरेको थियो।

सम्झौताअनुसार आयोजनामा दुई चिनियाँ कम्पनीले त्यसबेला ५० करोड डलर (६० अर्ब रुपैयाँ) लगानी गर्ने भनिएको थियो।

हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका उपगभर्नर जाङ ग्वाहुआ पनि सहभागी भएका थिए।

आयोजना निर्माण २०२० मा सुरु हुने र साढे तीन वर्षमा सम्पन्न हुने बताइएको थियो।

तामाकोसी नदी वेसिनमा एक दर्जन बढी जलविद्युत आयोजना निर्माण भइरहेका छन्। निर्माण भएमा वेसिनकै सबैभन्दा ठूलो जलविद्युत आयोजना बन्नेछ।

 

 

प्रकाशित: २०८३ बैशाख १९ गते शनिवार ०६:५३
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना