काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा २ लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार शुक्रबार ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।


