२०८३ कार्तिक १४ गते शुक्रबार

तेलको भाउ बढेपछि वायुसेवा सञ्चालक संघले सरकारसँग माग्यो राहत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २०
airlines

काठमाडौं। नेपाल वायुसेवा संचालक संघले सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। संघले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो।

संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न माग गरेको छ। हाल मौसमी शुल्कअन्तर्गत आन्तरिक उडानका लागि प्रत्येक अवतरण वा उडानमा अमेरिकी डलर १० तिर्नुपर्ने व्यवस्था रहेकाले यसले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडादर पनि महँगो हुने संघको भनाइ छ।

‘सरकारबाट मिति २०७८ चैत ३० मा स्वीकृत विमानस्थल सेवाशुल्क नियमावली, २०७८ मा मौसमी शुल्कअन्तर्गत आन्तरिक उडानका वायुसेवाहरुले प्रत्येक उडान वा अवतरण वापत अमेरिकी डलर १० का दरले मौसमी सेवाशुल्क बुझाउनु परिरहेका कारणले वायुसेवा कम्पनीहरुलाई अत्यधिक सञ्चालन व्ययभार पनि थपिने र उडान भाडा दरसमेत अत्यधिक हुन जाने भएकाले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ तत्काल संशोधन गरिनुपर्ने,’ विज्ञप्तिमा उल्लेख छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै पछिल्ला विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले हवाई सेवा क्षेत्र ठूलो दबाबमा परेको संघले जनाएको हो।

संघका अनुसार विश्वव्यापी रूपमा बढेको कच्चा तेलको मूल्य, मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व, विगतको कोरोना महामारी तथा २०८२ भदौमा भएको आन्दोलनको प्रभावका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ।
यसले गर्दा वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा ठूलो वृद्धि भएको छ भने नेपाल आउने पर्यटकहरूको संख्यामा समेत उल्लेखनीय कमी आएको छ।

संघले जानकारी दिएको अनुसार पहिले कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत हुने गरे पनि हाल यो बढेर ५५–६० प्रतिशत पुगेको छ। यसले कम्पनीहरूको आर्थिक प्रवाहमा गम्भीर दबाब परेको जनाएको छ।

प्रकाशित: २०८३ बैशाख २० गते आईतबार ०४:४४
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना