काठमाडौं – जिम्बावेमा आजबाट सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। हरारेको हरारे क्रिकेट क्लबको मैदानमा पौने १ बजेबाट सुरु भएको खेलमा पहिलो विकेट स्वरुप नेपालका कुशल भुर्तेल आउट भएका हुन्।
कुशलले ९५ बल खेल्दै ९९ रन बनाएर आउट भए। उनी शतक बनाउनबाट एक रनले मात्र चुके। यद्यपी उनले नेपाली एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझोदारी भने गरेका छन्। उनले आशिफ शेखसँग १०१ रनको साझेदारी गरेका हुन्। अहिले मैदानमा अर्का ओपनर आशिफ लाई साथ दिन कुशल मल्ल आएका छन्।
खेलमा ३२ ओभर सकिँदा नेपाललले १७१ रन बनाएको छ।
ग्लोबल छनोटमाको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। हरारेकामा नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको हो भने आयोजक जिम्बावेले पहिले बलिङ गरिरहेको छ।


