काठमाडौँः नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।


