काठमाडौँ: साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ।
सोमबार ३४.६३ अंकले बजार घटेर नेप्से परिसूचक २७०४.०८ विन्दुमा झरेको छ। यसदिन कारोबारमा आएका २४० कम्पनीको सेयरमूल्य घट्दा २७ कम्पनीका लगानीकर्ताले मात्रै मुनाफा कमाएका छन्। यस्तै २ कम्पनीको सेयरमूल्य स्थिर छ।
आज फर्वार्ड माइक्रोफाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको हो। यस्तै कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक १२.५८ प्रतिशतले गुमाएका छन्।
आज कारोबार रकम ४ अर्ब २६ करोडमा खुम्चिएको छ। ६८ हजार ६३५ पटकमा १ करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार माइक्रोफाइनान्सबाहेक अन्य सबै उपसमूहको सेयरमूल्य घटेको छ।


