काठमाडौँ: उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश जारी गरेको छ। गोल्छापत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो।




