काठमाडौं- लक्ष्मी बैंकको विशेष साधारण सभाले सनराइज बैंकसँग मर्जमा जाने प्रस्ताव पारित गरेको छ। असार ३ गतेको विषेश साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको हो।
यसअघि नै सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जमा जाने सम्झौता भइसकेको छ। यी दुवै बैंक १:१ सेयर अनुपात कायम गरी मर्जमा जाने सहमत भएका थिए। साधारणसभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौतालाई अनुमोदन गरेको हो।
मर्जपछि वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने तयारी दुवै बैंकले अघि बढाएका छन्।


