काठमाडौँः स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।
स्मार्ट टेलिकम हाल सञ्चालनमा छैन। कम्पनीले समयमै अनुमति पत्र नवीकरण नगरेकाले २०८० वैशाख ३ गतेबाट यसको लाइसेन्स स्वतः रद्द भएको थियो।
लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। तर, उक्त सम्पत्तिको व्यवस्थापनका क्रममा सरकारको हितविपरीत कार्य गरेको आरोप जोशीमाथि लगाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।


