काठमाडौँ: बुधबार नेपाली बजारमा सुन महँगिएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेर प्रतितोला लाख ९१ हजार रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १७५ रुपैयाँ बढेर प्रतितोला मूल्य ५ हजार ५५ रुपैयाँ पुगेको छ।
मंगलबार चाँदी तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
