२०८३ कार्तिक २२ गते शनिवार

दीपक भट्टविरुद्ध पाँचौँ र सुलभ अग्रवालविरुद्ध छैटौँपटक म्याद थप, १२ दिन हिरासतमै रहने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
sulav_deepak

काठमाडौँ: विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल थप १२ दिन हिरासतमै रहने भएका छन्। बुधबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले भट्टविरुद्ध पाचौँ पटक र अग्रवालविरुद्ध छैटौँ पटक १२ दिन म्याद थप गरेको हो।

यता सर्वोच्च अदालतमा उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ भैरहेको छ।

राजनीतिक संरक्षणमा विचौलियाका रूपमा राज जमाएका भट्टको आर्थिक गतिविधि र व्यावसायिक संलग्नतामाथि अनुसन्धान जारी छ।भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीविरुद्ध अनुसन्धान जारी छ।

भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।

उपलब्ध विवरणअनुसार इन्फिनिटी होल्डिङ्सको चुक्ता पुँजी २०७७ असार मसान्तमा तीन करोड रुपैयाँ रहेकोमा एक वर्षमै बढेर ४८ करोड रुपैयाँ पुगेको देखिन्छ। तर उक्त वृद्धिको स्पष्ट स्रोत खुल्न नसक्दा शंका थप गहिरिएको हो।

त्यसैगरी, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलबाट ४५ करोड रुपैयाँ स्थानान्तरण भई पुनः सोही रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरिएको देखिएको छ। अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा ४५ करोड रुपैयाँ लगानी गरिएको भेटिएको छ। तर उक्त लगानीको स्रोत र पारदर्शितामाथि प्रश्न उठेको छ। साथै, भट्ट र लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टबीच पारिवारिक सम्बन्ध रहेको र प्रभाव प्रयोग भएको हुनसक्ने आशंका पनि राष्ट्र बैंकको पत्रमा उल्लेख छ।

यति मात्र होइन, भट्टले विभिन्न कम्पनी र सहायक संस्थामार्फत ठूलो रकम दुरुपयोग गरेको समेत खुलेको छ। अनुसन्धानअनुसार उनले करिब तीन अर्ब ८१ करोड रुपैयाँ विभिन्न संस्थाबाट निकालेर सेयर बजारमा लगानी गरेका थिए। यसमध्ये दुई अर्ब ७३ करोड रुपैयाँ हिमालयन रि–इन्स्योरेन्सबाट, २२ करोड हिमालयन सेक्युरिटिजबाट, ३३ करोड नेपाल लाइफ इन्स्योरेन्ससम्बद्ध संस्थाबाट, २५ करोड एचएलआई लार्ज क्याप फन्डबाट र १६ करोड नेपाल माइक्रो इन्स्योरेन्सबाट निकालिएको देखिएको छ।

उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत विभिन्न कम्पनीहरूको सेयर खरिदमा प्रयोग गरिएको थियो। यस क्रममा बीमा सम्बन्धी कानुन उल्घंन भएको हुनसक्ने आशंकामा नेपाल बीमा प्राधिकरणलाईसमेत अनुसन्धानका लागि संलग्न गराइएको छ।

यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि सेयर बजारमा कृत्रिम कारोबार गरी मूल्यमा अस्वाभाविक चलखेल गरेको आरोपमा विवादित व्यवसायी दीपक भट्टलाई मुख्य दोषी ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ। भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।

भट्टसँग कनेक्सन देखिएपछि उद्योगी शेखर गोल्छा पनि पक्राउ परेका थिए। १२ दिन हिरासत बसाइँपछि उनी अहिले पुर्पक्षका क्रममा थुनाबाहिर छन्। यस्तै भट्ट समूहको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडमा पूर्वगृहमन्त्री गुरूङलले ५३ लाख रुपैयाँ बढीको सेयर खरिद गरेको बाहिरिएको आरोपपछि उनी पदमुक्त भएका थिए। चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दबाबमा गुरुङले राजीनामा दिनुपरेको थियो।

यता अग्रवालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भैरहेको छ। शंकर ग्रुपका  उपाध्यक्ष अग्रवाल पनि भट्टसँग कनेक्सन देखिएको छ भने उनी सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्ममा मुछिएका छन्। यस्तै कोभिड-१९ महामारीको समयमा थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोप पनि उनीमाथि छ।

अग्रवालका बुवासमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेकोमा उनी हाजिरी जमानीमा छुटेका थिए।

प्रकाशित: २०८३ बैशाख २३ गते बुधबार ०२:५०
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना