काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। बुधबार (आज) सर्पोट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।
सर्पोट माइक्रोफाइनान्सको ९.५ प्रतिशत दरका कुल १ लाख १६ हजार ३२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यससँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १३ लाख ४० हजार ७५५ कित्ता पुगेको छ।
त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत दरका ३२ लाख ४० हजार ८५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। अब कम्पनीको कुल सूचीकृत सेयर संख्या ६ करोड ८० लाख ५७ हजार ९८१ कित्ता पुगेको छ।


