काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक १.६४ अंकले घटेर २ हजार ७११.२२ विन्दुमा बन्द भएको हो।
यसदिन ७१ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। साथै, १५ कम्पनीको सेयरमूल्य स्थिर छ।
आज फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य १३.७४ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ। उक्त कम्पनीको मात्र २२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


