काठमाडौँः बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नियमित कारोबार सञ्चालन हुने जनाएको छ। बागमती प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिए पनि सेयर बजार भने खुला रहने भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका हुन् ।
प्रवक्ता पराजुलीका अनुसार नेप्से संघीय सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिन मात्र बन्द हुने गर्दछ। त्यसैले बागमती प्रदेशमा बिदा भए पनि आज नेप्से नियमित रूपमा सञ्चालनमा रहनेछ। ‘संघीय सरकारले घोषणा गरेको सार्वजनिकख बिदामात्र हामीलाई लागु हुन्छ, प्रदेश सरकारले घोषणा गरेको बिदा हामीलाई लागु हुँदैन । त्यसैले भोली नेप्से खुल्ला हुन्छ,’ उनले नेपाल क्लिक्सलाई भने । यससँगै लगानीकर्ताले नियमित समयमा सेयर खरिद–बिक्री गर्न सक्नेछन्।


