नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन्।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन्। नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरेलगतै अन्य नवनिर्वाचित सदस्यहरूलाई समेत सपथ ग्रहण गराएका छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बनेका हुन्।
निर्वाचनबाट अन्जन अनुकूल नेतृत्व आएको छ।
एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे र वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, जिल्ला तथा नगरतर्फबाट पनि अन्जन समूहका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठलगायत मंगलबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका छन्।
यो पनि: यस्तो बन्यो स्वतः प्रणालीका अन्तिम अध्यक्ष अन्जन अनुकूल एफएनसीसीआईको नयाँ नेतृत्व







