काठमाडौँः आइतबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ ।


