काठमाडौँः याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बुधबार बिहान आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाबाट आवेदन परेको थियो। तीमध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो। जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने सेयर पाउनबाट वञ्चित भएका छन्।
नेपाल धितोपत्र बोर्ड ले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।


