काठमाडौँः नेपालका २० वटा वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपतर्फको औसत ब्याजदर सामान्य रूपमा घटेको देखिएको छ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखमा ४.४० प्रतिशत रहेकोमा जेठमा घटेर ४.३४३ प्रतिशतमा कायम भएको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा झरेको छ।
यस अवधिमा केही बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक ले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेका छन्। त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र कुमारी बैंक ले पनि ब्याजदर घटाएका छन्।
यता, सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पु¥याएको छ। साथै सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गरेको छ।
अन्य १२ वटा वाणिज्य बैंकहरूले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्।



