काठमाडौँः साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज परिसूचक नेप्से १०.०७ अंकले घटेर २ हजार ७३०.१७ विन्दुमा बन्द भएको हो ।
आज ७९ लाख ५८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब २९ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
युनियन हाइड्रोपावरको सेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


