२०८३ कार्तिक १३ गते बिहिबार

एनसेल मुख्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३१
ncell

काठमाडौँ: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एनसेलकोम मुख्यालयमा छापा मारेको छ। नेपालको दूरसञ्चार क्षेत्रमा  अहिलेसम्मकै ठूलो आर्थिक अनियमितता र सरकारी सम्पत्ति हिनामिनाको अनुसन्धानका क्रममा बिहीबार दिउँसो मुख्यालयमा छापा मारेको हो।

सीआईबी उच्च स्रोतका अनुसार मुख्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिइएको छ। अन्य विषय अनुसन्धानकै क्रममा रहेको स्रोतले जनाएको छ।

एनसेलले पनि यस छापा मारिएको विषयमा पुष्टि गरेको छ। एनसेलले भनेको छ, ‘दूरसञ्चार कम्पनी स्मार्ट टलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी केही कागजातहरू सीआईबीबाट पत्रमार्फत माग भई आएकोमा सोही बमोजिम कागजातहरू उपलब्ध गराइएको छ। एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदा झै कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छ।’

स्रोतका अनुसार सीआईबीले मुख्यालय पुगेर व्यवसायी सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठका विषयमा पनि सोधपुछ गरेको थियो।

एनसेलले स्मार्ट टेलिकमको सम्पत्ति खरिद गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ। स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

स्मार्टका उपकरण तथा पूर्वाधार एनसेललाई चार अर्ब ६० करोड रुपैयाँमा बिक्री गरिएको थियो। तर स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण हुन नसकेपछि कम्पनी अन्ततः सरकारको मातहतमा गएको थियो। अहिले सीआईबीले सरकारले स्वामित्व लिनुपर्ने सम्पत्ति बिक्री भएको आशंकामा खरिदकर्ता र बिक्रीकर्तामाथि अनुसन्धान अघि बढाइरहेको छ।

स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएसँगै बैंकहरूको ठूलो कर्जा समेत जोखिममा परेको थियो। नेपाल इन्भेस्टमेन्ट बैंक (हाल नेपाल इन्भेस्टमेन्ट मेगा), लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले स्मार्टमा दुई अर्ब १२ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका थिए। त्यसमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकको एक अर्ब ३१ करोड, प्राइम कमर्सियल बैंकको ७३ करोड ३९ लाख र लक्ष्मी बैंकको आठ करोड रुपैयाँ लगानी रहेको थियो।

स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण दस्तुरबापत २० अर्बभन्दा बढी रकम तिर्नुपर्ने थियो। तर कम्पनीले लामो समयसम्म किस्ता र नवीकरण रकम बुझाउन नसकेपछि दूरसञ्चार प्राधिकरणले लाइसेन्स स्वतः खारेज भएको घोषणा गरेको थियो।

त्यसपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, टावर, उपकरण तथा दूरसञ्चार पूर्वाधार सरकारको नियन्त्रणमा गएको थियो। सरकारले व्यवस्थापन समिति बनाएर सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: २०८३ बैशाख ३१ गते बिहिबार ०४:४७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना