काठमाडौँ: सीजी मोटोकर्पले नेपालभर बहुप्रतिक्षित सुजुकी ई–भिटाराको औपचारिक डेलिभरी सुरु गरेको छ। नेपाली बजारमा कम्पनीको पूर्ण रूपमा निर्मित (सीबीयू) ब्याट्री–सञ्चालित विद्युतीय सवारीको रूपमा नेपाली बजारमा भित्रिएको यो मोडेललाई कम्पनीले आफ्नो इलेक्ट्रिक मोबिलिटी यात्राको महत्वपूर्ण कोसेढुङ्गा भनेको छ।
सीजी मोटोकर्पका अनुसार जापानी प्रविधि, उन्नत सुरक्षा प्रणाली र दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनसहित आएको सुजुकी ई–भिटाराले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। बुकिङ भइसकेका युनिटहरूको डेलिभरी देशभरको डिलर सञ्जालमार्फत भइरहेको कम्पनीले जनाएको छ।
लन्च अवसरमा कम्पनीले परिचयात्मक मूल्य रू ४९ लाख ९९ देखि तोकेको छ।
कम्पनीका अनुसार ४४ किमी रेन्जको ४९ लाख ९९ हजार तथा ४५३ रेन्जका विभिन्न मोडलको ५३ लाख ९९ हजार, ५९ लाख ९९ हजार र ६० लाख ४९ हजार रुपैयाँ मूल्य तोकिएको छ। यो मूल्य सीमित अवधिका लागि मात्र लागू हुने र प्रारम्भिक १०० बुकिङका ग्राहकलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो १०० बुकिङका लागि ४४ किमी रेन्जको ईभिटारामा ३ लाख र अन्य मोडलमा ४ लाख रुपैयाँ छुटसहित बिक्री भैरहेको हो।
देशभर रहेका २५ वटा सुजुकी बिक्री केन्द्र र ४० भन्दा बढी सर्भिस सेन्टरमार्फत बिक्री–पछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीले स्पेयर पार्ट्सको सहज उपलब्धता, प्रशिक्षित प्राविधिक जनशक्ति र सुधारिएको ईभी सेवा संरचनाका कारण ग्राहकलाई दीर्घकालीन रूपमा सहज स्वामित्व अनुभव प्राप्त हुने दाबी गरेको छ।
सुजुकी ई–भिटारा दुई ब्याट्री विकल्प ४९ किलोवाट प्रतिघण्टा र ६१ किलोवाट प्रतिघण्टामा उपलब्ध छ, जसले क्रमशः करिब १०८ किलोवाट र १२८ किलोवाट पावर आउटपुट दिन्छ। कम्पनीका अनुसार यो सेग्मेन्टमा उपलब्ध सबैभन्दा शक्तिशाली इलेक्ट्रिक एसयूभीमध्ये एक हो।
यसमा आधुनिक ईभी प्लेटफर्म, फराकिलो केबिन, बलियो ब्याट्री सुरक्षा संरचना र उच्च भोल्टेज सेफ्टी प्रणाली समावेश छ। २,७०० एमएम ह्वीलबेस र ५.२ मिटर टर्निङ रेडियसले सहरभित्र ड्राइभिङ सहज बनाउने दाबी गरिएको छ।
ई–भिटारामा मस्कुलर एसयूभी स्ट्यान्स, एरोडाइनामिक बडी, १८ इन्च एलोय ह्वील र एलईडी म्याट्रिक्स हेडल्याम्प प्रयोग गरिएको छ।
इन्टेरियरमा ट्विन–डेक डिजिटल ककपिट, १०.१ इन्च इन्फोटेनमेन्ट डिस्प्ले, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एम्बियन्ट लाइटिङ, फिक्स्ड ग्लास सनरुफ र वायरलेस कनेक्टिभिटी सुविधा छ। प्रिमियम साउन्ड सिस्टम पनि समावेश गरिएको छ।
भेन्टिलेटेड फ्रन्ट सिट, १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, रियर आर्मरेस्ट, स्लाइडिङ–रिक्लाइनिङ सिट कन्फिगरेसन र पर्याप्त बुट स्पेसले यात्रालाई अझ आरामदायी बनाउने कम्पनीको दाबी छ।


