काठमाडौँ: सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमपछि निरन्तर तीन दिन घटेको सेयर बजार शुक्रबार सामान्य अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १.७७ अंक बढेर २७३१.९४ विन्दुमा बजार बन्द भएको छ।
नेप्से सामान्य अंकले बढे पनि लगानीकर्तामा उत्साह भने यसदिन पनि देखिएन। आज कारोबार रकम घटेको छ। बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँको ७९ लाख ३४ हजार ४४ कित्ता सेयर किनबेच भयो।
१३ मध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको सेयरमूल्य घटेको छ। यसदिन । बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको सेयर सामान्य बढेको हो।
शुक्रबार युनियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १४.७९ प्रतिशतले गुमाएका छन्।


