काठमाडौँः नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार शुक्रबार ५ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।


