२०८३ कार्तिक १३ गते बिहिबार

हिमाली छुर्पी उत्पादन गर्ने ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ४
himali_churpi

काठमाडौं। विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन्।

मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन्। उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए।

भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनलाई समेटिएको बताए। ‘यो केवल फेसन होइन, हाम्रो पहिचान, संस्कृति, प्रेम र यहाँसम्म आइपुग्दाको यात्राको अभिव्यक्ति हो,’ उनले भने।

एक समय भारतमा सामाजिक सञ्जाल विश्लेषण कम्पनी सञ्चालन गरेका खनाल पछिल्लो एक दशकदेखि हिमाली छुर्पी उद्योगमा सक्रिय छन्। सन् २०१५ मा स्थापना भएको ‘डग्सी च्यू’ले नेपाल र भारतका हिमाली भेगमा उत्पादन हुने छुर्पीलाई ‘हिमालयन याक च्यू’का रूपमा विश्व बजारमा पुर्याइरहेको छ।

हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ। कम्पनीका अनुसार वार्षिक करिब दुई अर्ब ६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भइरहेको छ। प्राकृतिक र स्वस्थ पोषण दिने उद्देश्यले उत्पादन गरिएको छुर्पी विश्वभरका लाखौँ घरपालुवा जनावर पाल्ने परिवारसम्म पुगेको कम्पनीले जनाएको छ।

सह–संस्थापक स्नेह शर्माले कान्समा सहभागितालाई घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वभर बढ्दो सचेतनाको प्रतीक भएको बताइन्। ‘हिमालयमा जन्मिएको ब्रान्ड कान्सको रेड कार्पेटसम्म पुग्नु हाम्रो लागि अत्यन्त विशेष क्षण हो,’ उनले भनिन्।

पछिल्ला वर्षहरूमा घरपालुवा जनावरलाई परिवारकै सदस्यका रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ। त्यससँगै उनीहरूको स्वास्थ्य, पोषण र कल्याणबारे विश्वव्यापी बहस पनि तीव्र बनेको छ। खनाल दम्पत्तीको कान्स उपस्थितिलाई त्यही सन्देशको प्रतीकात्मक प्रस्तुति मानिएको छ।

 

प्रकाशित: २०८३ जेठ ४ गते सोमबार ०८:४२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना