काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक १.०३ अंकले घटेर २ हजार ७३०.९१ विन्दुमा बन्द भएको हो ।
आज ५८ लाख २८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १८ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


