काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा बन्द भएको हो ।
आज ७८ लाख १६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १४.२६ प्रतिशतले बढेको छ भने सिटी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


