२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रादेशिक अर्थतन्त्रः सबैभन्दा ठूलो बागमती, सानो कर्णाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ६
national-statistics_office

काठमाडौं। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ३.८५ प्रतिशत बढेर ६६ खर्ब रुपैयाँ पुगेको अनुमान छ। सोहीअनुसार प्रादेशिक आधारमा सबैभन्दा ठूला अर्थतन्त्र बागमती प्रदेशको रहेको छ।

बागमती प्रदेशको अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब रुपैयाँ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत रहेको छ।

सबैभन्दा कम कर्णाली प्रदेशको छ। कर्णालीको दुई खर्ब ७७ अर्ब रुपैयाँ मात्र छ। यस प्रदेशको अर्थतन्त्रमा ४.२ प्रतिशत मात्र योगदान रहने प्रारम्भिक अनुमान कार्यालयको छ।अर्थतन्त्रको आकारको आधारमा कोशी प्रदेश दोस्रो स्थानमा छ। कोशी प्रदेशको १० खर्ब ४३ अर्ब रुपैयाँ अर्थात १५.८ प्रतिशत छ।

यस्तै लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब रहेको छ। जुन १४.२ प्रतिशत हो। यस्तै मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब रहेको छ। मधेशको हिस्सा १३.१ प्रतिशत छ। गण्डकी प्रदेशको अर्थतन्त्रको आकार पाँच खर्ब ९३ अर्ब रुपैयाँ छ। यसको मुलुकको अर्थतन्त्रमा योगदान ९ प्रतिशत रहेको छ।

सुदुरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। यसको मुलुकको अर्थतन्त्रमा ७ प्रतिशत हिस्सा रहेको कार्यालयले जानकारी दिएको छ।

चालू आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक अनुमानअनुसार स्थिर मुल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशकै छ।

आर्थिक वृद्धि ३.८५ प्रतिशत, अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ

बागमती प्रदेशको ५.४० प्रतिशत वृद्धि हुने अनुमान गर्एिको छ। त्यसपछिको गण्डकी प्रदेशको ५.०१ प्रतिशत हुने अनुमान छ। सबैभन्दा न्यून वृद्धिदर मधेश प्रदेशको देखिएको छ। मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान कार्यालयको छ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा बढी र बाँकि प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा कम हुने प्रारम्भिक अनुमान रहेको कार्यालयले जानकारी दिएको छ।

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिएको छ।

बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ।आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ।

त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ।

अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा, मधेश, बागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ।

आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको देखिन्छ।

प्रकाशित: २०८३ जेठ ६ गते बुधबार ०८:०८
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना