काठमाडौँः कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गते (आज)देखि आम सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिकी खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।


