काठमाडौँः नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।


