काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ५५ लाख कित्ता साधारण सेयर शुक्रबार नेप्सेमा सूचीकृत गरिएको हो। कम्पनीको कारोबार संकेत ‘केएचपीएल’ रहनेछ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको सुरुवाती मूल्य (ओपनिङ रेञ्ज) तोकेको छ। सोही रेञ्जभित्र आगामी जेठ ११ गते सोमबार स्पेशल प्रि–ओपन सेसनमार्फत पहिलो कारोबार हुने नेप्सेले जनाएको छ।


